आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ६ गते


Advertisement

काठमाडौं, वैशाख ६- आजबाट देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सुरु हुँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ ।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्यापसुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्