Hamro Sanchar

कागेश्वरी मनोहराको हिमालय टोलमा नि:शुल्क स्वास्थ्य शिविर, ४ सयले लिए सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ५ गते


Advertisement

काठमाडौं, बैशाख ५- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ को हिमालय टोलमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । हिमालय टोल सुधार समितिको आयोजना तथा नेपाल मेडिकल कलेज सिनामंगलको प्राबिधिक सहयोगमा बुधबार स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरबाट टोल बाहेक वडा नम्बर ७,८ र ९ सहित काठमाडौं महानगर ३२ वडामा बसोबास गर्ने करिव ४ सय जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा, दन्त, इ.सी.जी., भिडियो एक्सरे, ल्याबलगायतका सेवा नि:शुल्क उपलब्ध गराइएको थियो ।

बिहान १० बजेदेखि संचालित स्वास्थ्य शिविर दिउँसो ४ बजेसम्म संचालन भएको थियो ।

शिविरको मेयर उपेन्द्र कार्कीले निरीक्षण गर्नुका साथै सेवा प्रदान गर्ने डाक्टरसहितको टोलीलाई धन्यवाद व्यक्त गरेका थिए । विशेषज्ञसहितको शिविरमा नि:शुल्क उपचार गर्न पाउँदा स्थानीय बृद्धबृद्धा, बालबालिकासहित खुशी भएका छन् ।

हिमालय टोल नगरपालिकाको नमुना टोलको रुपमा विकसित हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्