Skip

Hamro Sanchar

नेपालमा किन बढ्दै छ उच्च रक्तचापका बिरामीको संख्या ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


Advertisement

१३ जेठ, काठमाडौं । अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए।

नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७।३६ प्रतिशत रहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १।४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। यो सङ्ख्या निरन्तर बढ्दो छ।

उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनभिज्ञ हुनु हो । विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको छ।

दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनसमेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्