Skip

Hamro Sanchar

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.पौडेल नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ७ गते


काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन थियो।

बिमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा। पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ। डा. पौडेल मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन्।

सरकारी अस्पताललाई भुक्तानी गर्ने रकम रोकेर निजीलाई मात्र दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि डा.काफ्लेले पदबाट राजीनामा दिएका थिए। सेवा प्रदायक अस्पतालहरूलाई ११ अर्ब रकम भुक्तानी गर्न बाँकी छ।

सरकारले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका थिए। स्वास्थ्य मन्त्रालयले भने उनीसँग स्पष्टीकरण माग्ने तयारी गरेको थियो। सरकारले उपलब्ध गराएको रकमबाट निजी अस्पतालको मात्र भुक्तानी गरेको उनलाई आरोप लगाइएको छ।

धरापमा स्वास्थ्य बिमा, चलाउन नसक्ने भन्दै कार्यकारी निर्देशकले दिए राजीनामा दिएका थिए।


प्रतिकृया दिनुहोस्