Skip

Hamro Sanchar

डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महेताले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनले भारतबाट बीडीएस तथा रुसबाट विद्यावारिधि गरेका छन् । नेपाल मेडिकल काउन्सिलमा पनि उनी यसअघि पदेन सदस्य र मनोनीत सदस्यका रुपमा काम गरेका थिए ।


प्रतिकृया दिनुहोस्