Skip

Hamro Sanchar

२३ लाख बालकालिकाले खाए भिटामिन ‘ए’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ८ गते


८ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।

वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीले जानकारी दिए।  यस्तै ८ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ ।

देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।

आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए ।

सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिकृया दिनुहोस्