Hamro Sanchar

धनगढीका मेयर हमाल अस्वस्थ भएपछि उपचारका लागि दिल्ली रेफर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २२ गते


Advertisement

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात क्तचयपभ (अभचभदभििगm ष्लाचबअतष्यल)को समस्या देखिएको बताए ।

उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।


प्रतिकृया दिनुहोस्