आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा फिजियाेथेरापी सेवा अब १२ घण्टा उपलब्ध हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित मुलपानी नगर अस्पतालमा फिजियाेथेरापी सेवाकाे समय अवधि थप गरिएकाे छ । सेवाग्राहीको संख्या बढ्न थालेपछि फिजियाेथेरापी सेवाकाे समय अवधि बढाएर १२ घण्टासम्म सेवा प्रदान गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

थप गरिएको समय तालिकाअनुसार आइतबार (हिजो)देखि सार्वजनिक विदा बाहेक हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । यसअघि अस्पतालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र फिजियाेथेरापी सेवा दिँदै आइरहेको थियो ।

हिजोआज दैनिक ८० देखि ९० जनासम्म फिजियाेथेरापी सेवा लिन आउने गरेका रोशन पुडासैनीले जानकारी दिए । उक्त समयभित्र सेवा लिन आउने बिरामीहरुलाई सेवा उपलब्ध गराउन नसक्ने र सरकारी कार्यालयमा कर्मचारी, शिक्षक र अन्य व्यक्तिहरुक हकमा पनि सेवा प्राप्त गर्न नसक्ने भएकाले समय बढाईएको हो ।

अस्पतालले केहिदिन अघिबाट फिजियाेथेरापी सेवा नयाँ भवनबाट संचालन गरिरहेको नगर अस्पताल ब्यबस्थापक प्रज्ञा पाण्डेले जानकारी दिइन् ।

अस्पतालमा बिरामीको संख्या विगतका वर्षभन्दा दोब्बर भन्दा धेरैले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २९ हजार ५०६ जना बिरामीले उपचार गराएका थिए भने २०८०/८१ मा ६६ हजार भन्दा बढीले अस्पतालमा उपचार गराएका छन् ।

८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष रहेको अस्पतालमा बहिरंग, अन्तरगं, इमर्जेन्सी, दन्तरोग, आखाँ उपचार र बर्थिङ सेवा, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा र निशुल्क क्षयरोगको उपचार हुँदै आएको छ । त्यस्तै, प्रबर्धनात्मक सेवा अन्तर्गत परिवार नियोजन, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, नियमित खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा शिविर र महिला स्वास्थ्य स्वयमसेवीका कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अस्पतालमा, एक्सरे, ल्याब, फार्मेसी, बथिङं, एम्बुलेन्स र बीमा सेवा २४ सौ घन्टा उपलब्ध हुँदै आएको छ ।

विशेषज्ञ सेवा अन्तर्गत सामान्य चिकित्सक, हाड जोर्नी, प्रसूति तथा स्त्रीरोग, बालरोग, अल्टासाउण्ड र फिजियोथेरापी, छालारोग, मनोचिकित्सक, नाक, कान, घाँटी सेवा सञ्चालन हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्