Hamro Sanchar

‘मेयरसँग ज्येष्ठ नागरिक नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम’, १ सय ७१ जनाले लिए सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

काठमाडौं, असार २- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित मुलपानी नगर अस्पताल एक सय ७१ जना ज्येष्ठ नागरिकले नि:शुल्क स्वास्थ्य लिएका छन् ।

‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत वडा नम्बर-६ स्थित नगर अस्पतालमा उनीहरुले  विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएका हुन् ।

कार्यक्रममा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, इको, इसीजी, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा, दन्त रोग र नि:शुल्क स्वास्थ्य विमा लगायतका सेवाहरु उपलब्ध गराइएको थियो ।

बिरामीलाई नि:शुल्क चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।

कार्यक्रमआल्ली सम्बोधन गर्दै वडाअध्यक्ष प्रकाश फुयालले ज्येष्ठ नागरिकको हक, हितका लागि सिंगो नगरपालिका लागि परेको बताए । ज्येष्ठ नागरिकको सम्मान स्वरूप मेयरसँग ज्येष्ठ नागरिक नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिएको अध्यक्ष फुयालको भनाइ छ ।

कार्यक्रमलाई मेयर उपेन्द्र कार्कीले निरीक्षण गर्नुका साथै आफ्नो स्वास्थ्य जाँच पनि गरेका थिए । सेवा प्रदान गर्ने डाक्टरसहितको टोलीलाई धन्यवाद दिँदै उनले ज्येष्ठ नागरिकहरुसँग सुझावसमेत लिएका थिए । मेयर कार्कीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएकाले जेष्ठ नागरिको कुरा सुन्ने, बुझ्ने र झर्को नमानी सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।

विशेषज्ञसहितको उपचार गर्न पाउँदा स्थानीय बृद्धबृद्धाले खुसी व्यक्त गरेका थिए ।

स्वास्थ्य सेवा कार्यक्रम बिहान १० बजदेखि ४ बजेसम्म संचालन भएको थियो ।


प्रतिकृया दिनुहोस्