Hamro Sanchar

पहिलोपटक मान्छेमा देखियो बर्ड फ्लु

रासस प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

सिड्नी, जेठ १०- अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जा पहिलो मानवमा सरेको पाइएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ । भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५ एन-१’ एभियन इन्फ्लुएन्जा यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो ।

गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्ण रूपमा निको भइसकेका छन् । यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त संक्रमणको फैलावटको कुनै प्रमाण नभएको र थप मानिसलाई सर्ने सम्भावना धेरै कम रहेको बताएको छ ।

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनसिप मेरिडिथ नजिकैको अन्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त संक्रमण मानवको संक्रमणसँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ । एजेन्सीले विज्ञप्तिमा भन्यो, “कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ ।”


प्रतिकृया दिनुहोस्