आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराको वडा नम्बर १ ले बिपन्न बालबालिकाका परिवारको निशुल्क बिमा गरिदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २७ गते


Advertisement

काठमाडौं, फागुन २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ ले विपन्न परिवारका बालिकाको निशुल्क बिमा गरिदिने भएको छ । वडा कार्यालयले अब जन्मने बिपन्न बालबालिकाका परिवारको निशुल्क बिमा गर्ने घोषणा गरेको हो ।

वडा कार्यालयले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यहि शुक्रबार अर्थात् मार्च ८ तारिख पश्चात् जन्मने बिपन्न बालबालिकाका परिवारको निशुल्क बिमा गर्ने घोषणा गरेको हो ।

‘महिलामा लगानी, समुन्नत समाजको थालनी’ भन्ने नारालाई आत्मसाथ गर्न नगरपालिकाबाट प्राप्त खाजा र प्रशासनिक खर्च बापत १५ हजार र वडाका जनप्रतिनिधिले एक महिनाको भत्ता वरावरको रकम विपन्न परिवारका बालिकाको स्वास्थ्य बिमामा खर्च गर्नेछ ।

नगरपालिकाबाट प्राप्त १५ हजार, वडाध्यक्षको २६ हजार र वडा सदस्यको १ महिनाको मासिक भत्ता बापत प्राप्त हुने रकम करिब २७ हजार गरी जम्मा ६८ हजार रकमबाट वडाका बिपन्न परिवारका बालिकाकाको स्वास्थ्य बिमा गरिने वडा सदस्य प्रेम तामाङले हाम्रोसंचारलाई जानकारी दिए ।

त्यस्तै, यस कोषमा सहयोग गर्ने अन्य सहयोगीबाट प्राप्त रकम थप गरी कोष बृद्धि गर्दै लगिने बताइएको छ । साथै ईच्छुक सहयोगीहरुलाई सहयोगको लागि अपिल गरिएको छ ।


प्रतिकृया दिनुहोस्