
काठमाडौँ, माघ १६- पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् । पिसाबसम्बन्धी समस्या देखिएपछि उनि सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन् ।
अहिले पाण्डेको स्वास्थ्यमा अवस्था सुधार हुँदै आएको अस्पताल श्रोतले बताएको छ ।
अस्वस्थ पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल पुगेका थिए ।