
११ जेठ, काठमाडौं । अफ्रिकी देश कंगोमा इबोला भाइरसको खतरा तीव्र गतिमा बढ्दै गइरहेको छ । देशको पूर्वी भागमा फैलिएको संक्रमणले अहिले गम्भीर रूप लिएको छ ।
कंगो सरकारका अनुसार इबोलाका संक्रमणको केसहरूको संख्या नौ सय नाघिसकेको एबीसी न्युजले जनाएको छ ।
निरन्तर बढ्दो संक्रमण र मृत्युदरले स्वास्थ्य एजेन्सीहरूको चिन्ता थप बढाएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले पनि यस प्रकोपलाई कंगोका लागि निकै ठूलो खतराका रूपमा औँल्याएको छ ।
लबदष्
ियद्यपि, विश्वभर यो संक्रमण फैलिने जोखिम भने हालका लागि कम मानिए पनि धेरै देशले आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गर्दै सतर्क रहन आग्रह गरेका छन् ।
कंगोको सञ्चार मन्त्रालयले दिएको जानकारी अनुसार देशमा हालसम्म ९०४ वटा सम्भावित संक्रमणको केसहरू बाहिर आइसकेका छन् । ११९ जनाको मृत्यु भइसकेको छ ।
यसअघि ७०० भन्दा बढी केस र १७० जना भन्दा बढीको मृत्यु भएको जानकारी सार्वजनिक गरिएको थियो । संक्रमणको सबैभन्दा बढी असर इतुरी प्रान्तमा देखिन थालेको छ ।
स्वास्थ्य एजेन्सीहरूका अनुसार वर्तमान प्रकोपका लागि ‘बन्डिबुग्यो स्ट्रेन’ जिम्मेवार रहेको मानिएको छ । यो इबोलाको एक खतरनाक प्रकार हो । हालसम्म यसविरुद्ध कुनै पनि स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन । यही कारण त्यहाँको अवस्थालाई निकै गम्भीर मानिएको छ ।


























