Skip

Hamro Sanchar

टिचिङको इमर्जेन्सी वार्डमा १५ शय्या थप, आधुनिक थ्री टेस्ला एमआरआई पनि  सञ्चालनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २८ गते


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड शुरु गरेका छन् ।

मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।

सेवा शुरु गर्दै मन्त्री पौडेलले अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ’, उनले भने ।

अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नुपरेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्‍याएको हो ।

यसअघि आठ शय्यामात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।


प्रतिकृया दिनुहोस्