
काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले जानकारी दिए ।
माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।
अब छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यो अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।