Hamro Sanchar

चीनमा एमपक्स स्ट्रेनका ५ जना  सङ्क्रमित भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २६ गते


काठमाडौं । चीनले एमपक्स स्ट्रेनका नयाँ पाँचवटा ‘केस’ रेकर्ड गरेको तर प्रकोप प्रभावकारी रूपमा नियन्त्रण गरिएको बताएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अगष्टमा यो भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपतकालल घोषणा गरेको थियो।

डब्लूएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो।

चिनिया स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताए। यसको सङ्क्रमणको स्रोत डीआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ।

बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षण देखिएको चिनिया रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।

‘सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूले चिकित्सा उपचार र स्वास्थ्य निगरानी प्राप्त गरिरहेका छन् र प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ। ​डब्लूएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।


प्रतिकृया दिनुहोस्