
काठमाडौं, पुस २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा यसै वर्ष देखि ब्लड बैंक सुरु हुने भएको छ ।
शुक्रबार सम्पन्न नेपाल रेड्क्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २०औं वार्षिक साधारण सभामा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकामा यसै बर्षदेखि आफ्नै ब्लड बैंक सुरु हुने बताएका हुन् । योसँगै अब कागेश्वरी मनोहराका नगरवासीले ब्लड लिन अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुने भएको छ ।
यस्तै, यसै बर्ष कागेश्वरी मनोहराकामा रेडक्रस भवन बनाउने नगरप्रमुख कार्कीले बताएका छन् ।
नेपाल रेड्क्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २०औं वार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख कार्कीले भने, ‘कागेश्वरी मनोहरा नगरपालिकामा यसै बर्षदेखि आफ्नै ब्लड बैंक सुरु हुन्छ, यसै बर्ष रेडक्रस भवन बनाउने प्रतिबद्दता व्यक्त गर्न चाहन्छु । यसका लागि बजेट बिनियोजन गरिसकेको जानकारी समेत गराउन चाहान्छु ।”


















