२१ कार्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक अनशनमा बसेका डा। गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति गरेपछि सत्याग्रह अन्त्य गरेका छन्।
गएराति त्रिवि शिक्षण अस्पतालमै पुगेर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा। केसीसँग सहमति गरेका हुन्।
लामो छलफल र वार्तापछि दुवै पक्षबीच ६ बुँदे सहमति जुटेसँगै डा.केसीले अनशन तोडेका हुन्।
सहमति सार्वजनिक गर्दै शिक्षामन्त्री पोखरेलले डा। केसीको यो नै अन्तिम अनशन हुने विश्वास व्यक्त गरेका छन्।
सरकार र डा। केसीबीच भएका ६ बुँदे सहमतिका विस्तृत बुँदाहरू भने सार्वजनिक विवरणमा खुलाइएको छैन।



























