Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेस सरकारमा अर्को धक्का : नेकपाका चार मन्त्रीले एकैसाथ छाडे सरकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री भएका चारजना मन्त्रीले आज राजीनामा दिएका छन् ।

मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् ।

चारैजना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसपमार्फत राजीनामा पत्र पठाएका नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री भट्टराईले बताए ।

“मुख्यमन्त्रीज्यू काठमाडौंमा रहनुभएको छ, त्यही भएर उहाँको ह्वाटसपमा राजीनामापत्र पठाएका छौँ”, मन्त्री भट्टराईले भने, “आजैदेखि लागु हुनेगरी राजीनामा दिएका छौँ।”

राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उनले बताए ।

यसअघि गत असोज ३० गते नेपाल कम्युनिस्ट पार्टी ९एमाले० बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ।


प्रतिकृया दिनुहोस्