Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

२० कार्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।

कर्णालीका डेविड मिलरले ५४ बलमा ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। सुदूरपश्चिमका स्कट कुग्लेजिनले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डोन म्याकमुलेनले २४ तथा इशान पाण्डेले २३ रन जोडे।

यो जितसँगै पाँच खेलमा तीन जित निकालेको सुदूरपश्चिम ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ। चार अंक रहेको कर्णाली पाँचौँ स्थानमा झरेको छ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।

 


प्रतिकृया दिनुहोस्