२१ कार्तिक, काठमाडौं । बेलायती राजपरिवारसँग जोडिएको चर्चित परिवारमा फेरि विवाद चुलिएको छ।
बेलायतका राजकुमार ह्यारीकी पत्नी मेघन मार्कलका ८२ वर्षीय बुबा थोमस मार्कल अमेरिकाको फ्लोरिडामा पक्राउ परेका छन्।
सीबीएस न्युजका स्रोतलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार थोमसलाई बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा पक्राउ गरिएको हो।
यसै महिनाको सुरुमा फिलिपिन्समा उनको स्वामित्वमा रहेको सम्पत्तिबाट बाल यौन दुर्व्यवहारसँग सम्बन्धित सयौँ तस्बिर फेला परेको समाचार सार्वजनिक भएको थियो। तर थोमसले आफूविरुद्धका आरोप झुटा भएको भन्दै अस्वीकार गर्दै आएका छन्।
छोरी मेघनसँग थोमसको सम्बन्ध लामो समयदेखि बिग्रिएको छ। सन् २०१८ देखि मेघन बुबाबाट अलग छिन्।
गत महिना जारी गरेको विज्ञप्तिमा मेघनले सम्भावित पीडित बालबालिकाप्रति दुःख व्यक्त गर्दै आफू बुबाबाट किन टाढिएकी हुँ भन्ने कुरा मानिसहरूले बुझ्ने विश्वास व्यक्त गरेकी थिइन्






















