Skip

Hamro Sanchar

बाढी विपत्तिले गर्दा “ककाकिकी” को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । फिल्म ककाकिकीुले आफ्नो पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरेको छ। यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म अब उक्त मितिमा रिलिज नहुने भएको हो।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि निर्माण पक्षले प्रदर्शनसँगै प्रचारप्रसारका कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको हो।

निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडिओले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। देश शोकमा रहेको संवेदनशील अवस्थामा हास्यप्रधान फिल्म प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने भन्दै यस्तो निर्णय गरिएको निर्माणपक्षले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, यस्तो अवस्थामा हाँस्ने, हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न हामीले सकेनौं। सोही कारण भदौ १९ मा रिलिज हुने हाम्रो फिल्म ककाकिकीको रिलिज तथा सम्पूर्ण प्रसार प्रचारका गतिविधिहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।

फिल्म अब करिब तीन महिनापछि मात्रै प्रदर्शनमा आउनेछ। निर्माणपक्षले फिल्म मंसिर ११ गतेदेखि प्रदर्शन हुने जनाएको छ।

ककाकिकीु बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको हो। फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरूङ, रेअर राई, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेललगायत कलाकारहरूको अभिनय छ।

निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।


प्रतिकृया दिनुहोस्