Skip

Hamro Sanchar

सुवासना खड्काले जितिन् ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।

उपाधि जितेपछि सुवासनाले टिम वाङ्देनलाई जसरी पनि विजेता बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताइन् । पहिलोपटक शोमा कोच बनेका वाङ्देनले सुवासनाको जितलाई सपनाजस्तो लागेको प्रतिक्रिया दिए ।

ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले फिनालेमा प्रस्तुति दिएका थिए ।

उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।


प्रतिकृया दिनुहोस्