Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आबाट आमा मा अभिनय गरेका भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउनर काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ।

ब्लड क्यान्सर (रक्त क्यान्सर)पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए।

अभिनेता यशपाल शर्माले पनि रावतको निधनको जानकारी इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गरेका थिए।

उनले लगान, गजिनी, सरफरोश, राउडी राठौर लगायत धेरै फिल्ममा शक्तिशाली खलनायकको भूमिकामा अभिनय गर्दै विशेष पहिचान बनाएका थिए।

प्रदीपले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ र ‘आबाट आमा’ का दुवै शृंखलामा अभिनय गरेका छन्। आबाट आमा-२ दशैंमा प्रदर्शन तयारीमा छ।

प्रदीपको निधनपछि उनीसँग सहकार्य गरेका नेपाली अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रतिकृया दिनुहोस्