
काठमाडौं । दीपमाला ढकालले मिस नेपाल–२०२६ को उपाधि जितेकी छन् ।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको आज भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।
आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।






























