
काठमाडौं । चलचित्र ‘गौँथली’ले १० करोडमाथि ग्रसकलेक्सन गरेको छ ।
बुधबारसम्म ‘गौँथली’ले १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको बक्सअफिस स्रोतले जानकारी दिएको छ ।
साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ यो वर्षको हालसम्मको धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । यसले ‘लालीबजार’को ग्रसकलेक्सनलाई उछिनेको हो । ‘लालीबजार’ले नौ करोड ३२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, र लुनिभा तुलाधर मुख्य भूमिकामा छन् ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा डा.भोला रिजालको कथा छ । चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।






























