Skip

Hamro Sanchar

उत्तम केसी चलचित्र कलाकार संघको अध्यक्षमा विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


४ जेठ, काठमाडौं । कलाकार उत्तम केसी चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न चलचित्र कलाकार संघ चुनावको अन्तिम मतपरिणाम अनुसार उत्तम केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

उनको प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् भने १४४ मत प्राप्त गर्दै अभिनेत्री पूजना प्रधान महिला उपाध्यक्षमा चयन भएकि छन् ।

यस्तै महासचिवमा सुनील कटवाल १९५ मतसहित विजयी हुदा सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विजयी भएका तेजुला खतिवडाले १४९ मत प्रप्ता गरेका थिए भने सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।

सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका छन् ।

 


प्रतिकृया दिनुहोस्