
१५ बैशाख, काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
हरि लम्सालको निर्देशनमा निर्माण भएको चलचित्र कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको हो ।
चलचित्रको कथा र पटकथा लम्साल आफैँले तयार पारेका हुन् । चलचित्र ‘बा स् एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त चलचित्रको मुख्य भूमिकामा छन् ।
नेपाली परिवारमा बुवाको महत्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती यो सिने ।














