Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राम नाम सत्य’ ले कमायो ३ करोड २० लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


Advertisement

काठमाडौंमा । चैतको २७ गतेबाट रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ को व्यापार ३ करोड नाघेको छ।

यस फिल्मले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए।

शनिबारसम्म चलचित्र विकास बोर्डको तथ्यांकमा फिल्मको कमाई २ करोड ८० लाख थियो। तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ।

यस्तै, यो फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए।

अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो फिल्म २०० शोज सहित चल्दैछ। निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको हो।

अमेरिकाबाट पनि फिल्मका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन्।

ओएसआर डिटिजलबाट फिल्मलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिए। डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ।

३ करोड बजेटमा बनेको यो फिल्मबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको दाबी छ।

स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतको अभिनय छ ।


प्रतिकृया दिनुहोस्