
२७ चैत, काठमाडौं । कलाकार सागर लम्साल ९बले० हाजिरी जमानीमा रिहा भएका छन् ।
बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् ।
अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।













