Skip

Hamro Sanchar

स्वास्थ्य बिमाका समस्या समाधानका लागि प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्ने भएकी छन्।

यसका लागि उनले बुधबार सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो १ बजे छलफल तय भएको छ।

केही अघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरिरहेका छन्।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।


प्रतिकृया दिनुहोस्