Hamro Sanchar

स्वास्थ्य बीमा रकम ५ लाख रुपैयाँ बनाउन स्वास्थ्यमन्त्रीको प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २७ गते


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ  पुर्याउन प्रस्ताव गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन् ।

आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने उनले बताएका छन् ।

मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए ।

पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।


प्रतिकृया दिनुहोस्