Hamro Sanchar

गायिका रचना रिमाल सवार स्कार्पियो ट्रकसँग ठोक्कियो, के छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १४ गते


Advertisement

काठमाडौं, माघ १४- गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन् । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकिनन् ।

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने उनले उल्लेख गरेकी छन् ।

 


प्रतिकृया दिनुहोस्