Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ।

यससँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्।

कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मले सर्टिफिकेट पाएपछि निर्देशक वसन्त निरौलाले खुसी व्यक्त गरेका छन्। उनले फिल्मले कसैको भावनामा चोट नपुर्‍याएको भन्दै विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

फिल्मको ‘राजा चाहियो छ’ बोलको गीत सार्वजनिक भएपछि द्रौपदी पात्रको प्रस्तुतिलाई लिएर विवाद भएको थियो।

टिकटकर इभा गिरीलाई द्रौपदीका रूपमा चिनाइएको तर गीतमा आइटम डान्समा देखाइएको भन्दै दर्शकले आपत्ति जनाएका थिए।

यद्यपि निर्देशक निरौलाले गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पार्दै रिलिजअघि नै फिल्म बहिष्कार गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।


प्रतिकृया दिनुहोस्