१७ कार्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीसहित सबै कम्युनिस्ट नेताहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
आज काठमाडौंमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले मुलुक असाधारण संकटमा रहेको भन्दै आपसी मतभेद र पूर्वाग्रह त्यागेर राष्ट्रिय हितका लागि एकजुट हुनुपर्ने बताए।
ओली, मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवसम्मका कम्युनिस्ट शक्तिबीच एकता अहिलेको ऐतिहासिक आवश्यकता भएको उनको भनाइ थियो।
विगतका तिक्तता बिर्सेर देशको स्वाधीनता रक्षाका लागि एक ठाउँमा उभिन उनले अपिल गरे।

























