Skip

Hamro Sanchar

प्रा.डा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

३ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त  भएका छन् ।

नवनियुक्त अध्यक्ष डा. पौडेलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्।

उनी हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्।

त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए।

 


प्रतिकृया दिनुहोस्