Skip

Hamro Sanchar

कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानकाे पदाधिकारीका लागि दरखास्त आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्रा।डा।सूर्यमान मेन्याङ्वोले जानकारी दिए।

कार्यकारी परिषद्बाट स्वीकृत ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी (शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक) को छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम इच्छुक योग्य उम्मेदवारबाट दरखास्त माग गरिएको उनले बताए।

उनका अनुसार बिहीबार एक सूचना जारी गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते बेलुका ५ः०० बजेसम्म दरखास्त पेस गर्न अनुरोध गरिएको छ।

करिब पाँच महिनादेखि प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रारलगायतका पदाधिकारीहरूको पद रिक्त रहेको छ ।


प्रतिकृया दिनुहोस्