
१५ जेठ, काठमाडौं । सरकारले संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच अर्ब बढी बजेट विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वास्थ्य बीमाको दायरा र सेवा प्रभावकारी बनाउन १५ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए ।
यसअघि स्वास्थ्य बीमा कार्यक्रमका लागि वार्षिक रूपमा सात अर्ब रुपैयाँ विनियोजन हुँदै आएको थियो भने पछि थप तीन अर्ब रुपैयाँ उपलब्ध गराइएको थियो । यस वर्ष भने सरकारले बजेट बढाएर १५ अर्ब पुर्याएको हो ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउँदै सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।




























