Skip

Hamro Sanchar

निजी अस्पतालले किन बन्द गरे स्वास्थ्य बिमा सेवा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


Advertisement

१३ जेठ, काठमाडौं । निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ ।

स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा यो बन्द गर्ने निर्णय गरिएको हो ।

“… स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” बोर्डको निर्णयमा भनिएको छ ।

बोर्डको यो निर्णयसँगै निजी अस्पताल तथा मेडिकल कलेजहरूमा स्वास्थ्य बिमामार्फत उपचार गराउँदै आएका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

यही जेठ ११ गते बसेको बोर्ड बैठकबाट यो निर्णय गरिएको हो ।


प्रतिकृया दिनुहोस्