आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पुजाको प्रसाद खाँदा झापामा ५० जनाभन्दा बढी बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २७ गते


Advertisement

विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।

अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् ।

अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५र६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । साथै उनिहरुलाइ उच्च ज्वरो पनि आएको छ ।

पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्