आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दोलखाको मार्बुमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २८ गते


Advertisement

दोलखा, फागुन २८- दोलखाको बैतेश्वर गाउँपालिका– ७ मार्बुमा नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा तदर्थ समिति गठन भएको छ । आइतबार वडा कार्यालयमा आयोजित भेलाले जीवन शर्मा रिमालको सभापतित्वमा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटी (मार्बु) उपशाखा तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको उपसभापतिमा पम्फी भुजेल, सचिव यज्ञराज चौंलागाईं, सहसचिव दुर्गाबहादुर खड्का, कोषाध्यक्ष शिवप्रसाद रिमाल, सह कोषाध्यक्ष गोपाल सार्की चयन भएका छन् । समितिको सदस्यहरुमा विजय चौलागाईं, कृष्ण भण्डारी र डिलकुमारी कँडेल चयन भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको प्रमुख आतिथ्यता र उपसभापति रिता रिमालको विशेष आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो ।

भेला वडाध्यक्ष मीनकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस्