
३० जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।






























