Skip

Hamro Sanchar

कुलमानलाइ हामी मिल्नुपर्छ भन्दै निम्तो पठाछु : हर्क साम्पाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


१४ जेठ , काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्।

श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले आफूमा समाहित हुन बुधबार निम्ता गरेको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन्।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्नेरुरुरु यस्तो नि हुन्छरुरुरु मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’

यसअघि उनले पार्टीमा सुदन किराँतीको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेका छन्।

गत प्रतिनिधिसभा चुनावमा श्रम संस्कृति पार्टीले ७ सिट जित्दा उज्यालो नेपाल पार्टीले भने एउटा पनि जित्न सकेन।

 


प्रतिकृया दिनुहोस्