Skip

Hamro Sanchar

संसदमा हर्क साम्पाङको प्रश्न : यो सरकारको प्रधानमन्त्री छ कि छैन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरे। उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ?छ भने प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नु पर्छ कि पर्दैनरुसांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनु पर्छ कि पर्दैनरु’ साम्पाङले भने, ‘संसदमा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ।’

प्रधानमन्त्री शाह जनताको प्रश्नको उत्तर दिन नसक्ने भएको उनको भनाइ थियो। ‘जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?,’ उनले भने।

जनताको जीउधनको सुरक्षा गर्न नसकेको, सीमा सुरक्षा गर्न नसकेको उनले जिकिर गरे। ‘जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन् यो बेला,’ साम्पाङले प्रश्न गरे, ‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्ररु जनताको जिउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ?


प्रतिकृया दिनुहोस्