Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपाको आरोप : बालेन सरकार बनेपछि महँगी बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


Advertisement

६ बैशाख, काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि महँगी बढेको आरोप लगाएको छ । बिज्ञप्ति जारि गर्दै यस्तो आरोप लगाएको हो ।

साथै नेकपाले सरकारले कर्मचारी ट्रेड युनियन खारोज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा पनि चिन्ता व्यक्त गरेको छ।

‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयको पनि नेकपाले बिरोध जनाएको छ।

‘नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ’, गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ। २०८२ चैतमा बालेन सरकार गठन भएको थियो ।

 


प्रतिकृया दिनुहोस्