Hamro Sanchar

कागेश्वरी मनोहरा ४ का चार सय महिलाले लिए सेवा, ३ जनामा देखियो भिआईए पोजेटिभ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २४ गते


काठमाडौं, जेठ २४- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-४ मा संचालित निशुल्क शिविरबाट चार सय बढी महिलाले सेवा लिएका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहिबार र शुक्रबार (दुई दिनसम्म) चलेको शिविरबाट ४ सय ७ जना स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।

स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । फोकल पर्सन लक्ष्मी कोइरालाकाअनुसार ३ सय ८० जना महिलाको भिआईए जाँच गरिएकोमा ३ जनालाई भिआईए पोजेटिभ देखिएको थियो । उनिहरुलाई थर्मोकोगुलेटर प्रयोग गरि उपचार गरेर आवश्यक औषधी प्रदान गरिएको थियो ।

शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।

शिविरलाई नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापाले निरीक्षण गरेका थिए ।


प्रतिकृया दिनुहोस्