Hamro Sanchar

मुलपानीको अर्याल गाउँमा नि:शुल्क आँखा शिविर संचालन हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ६ गते


Advertisement

काठमाडौं, मङ्सिर ६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ ले नि:शुल्क बृहत आँखा शिविर संचालन गर्ने भएको छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै हिल नेपालको सहयोगमा वडाको श्री रामजानकी मन्दिर परिसर, अर्याल गाउँ मुलपानीमा बृहत आँखा शिविर संचालन हुने जानकारी गराएको हो ।

शिविरिमा आँखा रोग विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गरिने बताइएको छ । उक्त शिविरमा आँखामा मासु पलाएको र मोतिबिन्दुको निशुल्क शल्यक्रिया गर्नुका साथै आँखा सम्बन्धि सम्पूर्ण जाँच गरिने बताइएको छ ।

शिविर मङ्सिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ ।


प्रतिकृया दिनुहोस्