Skip

Hamro Sanchar

ओलीलाई योगेशको आग्रह : अध्यक्षज्यू, मन मिलाउनतिर लाग्नुस्, संख्या होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन मिलाउनतिर लाग्न आग्रह गरेका छन् ।

१०औँ महाधिवेशनको अन्तिम केन्द्रीय बैठकमा सचिवमा भट्टराईले भने, “अध्यक्षज्यू, तपाईं मन मिलाउनतिर लाग्नुस्, संख्या होइन । एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज मन जोडौँ, मत भन्दा महत्त्वपूर्ण मन हो ।”

“हामी गम्भीर मोडमा छौँ । केन्द्रीय कमिटीको अन्तिम बैठकमा छौँ, केन्द्रीय कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ, केही कमरेडले देखाएको आशंकाप्रति म भन्न चाहन्छु– हामी सबै डुंगामा छौँ । भदौ २३–२४ ले हामी सबैलाई दह्रो झापड हानेको हो, यसलाई कम नआकौँ । संख्याले हाम्रो क्षमता निर्धारण गर्ने होइन,” उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्