Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सामुदायिक विद्यालयका विद्यार्थीको नि:शुल्क बीमा सरकारले गर्नुपर्छ : नेतृ कुन्तीदेवी पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १६ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ तथा उद्यमी कुन्तीदेवी पोखरेलले सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सरकारले नि:शुल्क बीमाको सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेकी छन्।

कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पाँच जना गरिब, विपन्न तथा दलित/पिछडिएका विद्यार्थीहरूको दोस्रो अभिभावकत्व ग्रहण गर्दै उनले यस्तो सुझाव राखेकी हुन्। विद्यार्थीहरूको शैक्षिक तथा स्वास्थ्य सुरक्षाका लागि राज्यले जिम्मेवारीपूर्वक निःशुल्क बीमा लागू गर्नुपर्ने उनले जोड दिइन्।

नेतृ पोखरेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिकाले शिक्षाबाट बञ्चित हुन नपर्ने वातावरण निर्माण गर्नु सरकार र समाज दुवैको कर्तव्य भएको भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

उनले अभिभावकत्व ग्रहण गरेका सबै विद्यार्थीको उच्च शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी लिनेसम्म आफू प्रतिबद्ध रहेको बताउँदै, उनीहरूको सुरक्षित र उज्ज्वल भविष्यका लागि सहयोग गर्ने बताइन्।


प्रतिकृया दिनुहोस्