Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जनाएका छन्। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ।

मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

यसअघि झण्डै डेढ महिना चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई साताअघि मात्रै सकिएको थियो। गत असोज २८ गते सुरु भएको बैठक विभिन्न निर्णय गर्दै मंसिर १५ गते सम्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस्